कञ्चनपुर – अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानको अध्यक्षमा हरि प्रसाद जोशी चयन भएका छन । अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको २३ औं वार्षिक साधारणसभा तथा चौथो केन्द्रीय अधिवेशनबाट जोशी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्षमा नन्दा धामी, सचिवमा कर्णबहादुर चन्द, सहसचिवमा धर्मा रोकाया र कोषाध्यक्षमा रामचन्द्र शाह चयन भएका छन । यस्तै सदस्यहरूमा प्रदिप राना, खगेश्वरी जोशी पनेरु, चन्द्रा अवस्थी, शारदा भट्ट रहेका छन । अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानको अध्यक्षमा चयन भएका हरि प्रसाद जोशीले प्रतिष्ठानको वृद्धि विकासका साथै सहिद भीमदत्त पन्तले अँगालेका विषय अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।
कार्यक्रममा बरिष्ठ साहित्यकार कल्यान सिह ओझा र समाजसेवी गंगाराम गिरीलाई सम्मान गरिएको छ । अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका निर्वतमान अध्यक्ष खेम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सुप प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी प्रमुख अतिथि रहेका थिए ।