सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक हप्तासम्म देशका केही ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

काठमाण्डौ – आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको प्रभाव रहने सम्भावना छ ।

 

यो हप्ताको शुरुमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । हप्ताको मध्य र अन्त्यमा देशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका थोरै ठाउँहरुमा साताभर नै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

Sana Kishan

महाशाखाकाअनुसार देशका धेरै ठाउँहरुमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईमा उच्चतम तापक्रम अलि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम, कोशी र बाग्मती प्रदेश लगायत पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

 

World Link Ads
Mahakali Polytechnic

महाशाखाकाअनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशसहित उच्च पहाडी र हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहको छ । हिजो गण्डकी प्रदेशका कास्की, गोरखा, मनाङ लगायतका एक, दुई ठाउँमा मध्यम वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

 

Dirghayu Ads

केही दिनदेखि देशका सबै ठाउँमा गर्मी बढेको छ । तराईमा तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ । भैरहवा, धनगढी, नेपालगञ्ज र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.