सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ पुग्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार छ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च भएको छ । सुन तोलाको एक लाख २७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यसअघि हिजो सुनको भाउ तोलाको एक लाख २५ हजार दुई सय रुपैयाँ थियो । यसअघि फागुन २९ गते सुनको भाउ तोलामा एक लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

 

चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । हिजो तोलाको एक हजार पाँच सय २० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले बढेर एक हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.