सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लगातार दुई दिन घटेको शेयर बजार आज बढ्यो, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर दुई हजार सात सय ४८ दशमलव ७८ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, लगानी, बीमा, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो सात अर्ब ९१ करोडको कारोबार भएकोमा आज तीन सय २१ वटा कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १० अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३५ करोड रुपैयाँको शेयर कारोबार भयो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds