सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोमलताकी प्रतिक नारी ….

‘यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता ‘
कोमलताकी प्रतिक नारी
सिर्जनाकी मुहान,उदार हृदयकी खानी
त्याग,समर्पण,स्नेह र पवित्रभावकी देवी
छोरी, दिदीबहिनी,पत्नी र बुहारी
एक नाम अनेक रुपहरुकी धनी

नौ महिना गर्भमा बोकी
कोमल कोखबाट सृष्टि रच्ने नारी
सहस्रधारा दुग्धामृत पिलाइ पोषण भर्ने नारी
कहिले पराइघरको नासो बनी
पतिको अर्धाङ्गिनी बनेर
कहिले छोरी त कहिले बुहारी बनी
भर्छिन् जगतै मायाले सिँगारी

हो हामी त्यही नारी हौँ,
आधा आकाश ढाकेर
सुन्दर सृष्टिको रचना कर्ता हौँ !
वेदनाको भुङ्ग्रो सल्किएपनि मनभरि
प्रलय चोट सहेर तनभरि
हामी संसारलाई सुख दिने धर्ती हौँ ।

कतै रुप र दाइजोको नाममा
कहिले महिलाहिंसामा
कतै फूल्न नपाउँदै कोपिलामा
कहिले पुरुषहरुको इच्छा,चाहनाको खोजीमा
कतै चुलो,चौको र अँध्यारो चौघेरामा

Mahakali Polytechnic

अह,अब निर्मम यातनाहरुको संजालमा
पिल्सिएर मुखदर्शक बन्दैनौँ हामी !
कहिले कोमल कपास पनि बन्छौँ
परिआएको खन्डमा काली ,भगवति हामी
चण्डीको रुपधारण पनि गर्न सक्छौँ नारी !
साहस र हिम्मत बटुली ती यौनपिपासुहरुको
गर्धन रेट्न सक्ने सामर्थ्य राख्छौँ हामी!

World Link Ads

हो ,हामी वैदिक युगका सूर्या र विश्ववारा हौँ;
गार्गी र मैत्रैयी सबै हौँ हामी !
हामीप्रति कुदृष्टि राख्ने चेष्टा नगरियोस् ,
भोगविलासको वस्तु नठानियोस् ।

Sana Kishan

ज्योतिपुञ्ज र ग्यानपुञ्जको भण्डारा हौँ हामी
विश्व झलझलाकार पार्ने क्षमता छ हामीसँग
सिङ्गो विश्व हाक्न सक्ने सामर्थ्य छ नारीसँग !

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.