कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक सेकेन्डरी स्कुलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
आईतबार सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर रावलको प्रमुख आतिथ्य रहेको थियो ।
विद्यालयका शिक्षक महेश बिष्टले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिज राज भट्टले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथै विद्यालयले वर्षभरीमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप तथा परिक्षामा उतकृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ।

विद्यालयका प्रधानाध्यापक दिजराज भट्टले २०४८ सालमा सञ्चालन भएको उक्त विद्यालयमा हाल ८०० विद्यार्थी र ४३ जना शिक्षक कर्मचारी रहेको बताए। साथै उनले विद्यालयले विद्यार्थी परिक्षामा पास मात्रै हैन समाजमा दक्ष जनशक्ती निर्माण गर्ने उद्धेश्य राखेको बताए। विद्यालयले केही दिन अघी मात्रै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने र आत्मनिर्भर बनाउने उद्देश्यले मोडर्न फेस्ट समेत सञ्चालन गरेको थियो।
विद्यालयका सञ्चालक हर्क बहादुर धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, सिद्धनाथ विज्ञान क्याम्पसका प्रोफेसर डा. चुडामणी जोशी, प्रहरी उपरीक्षक चक्रराज जोशी, समाजसेवी लिलाध्वज वस्नेत, विनोद विष्ट, प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द लगायतको उपस्थिति रहेको थियो ।
