बल्ल तोते बोली सिकिरहेको बेला थियो
काँधमा म भन्दा नि ठूलो झोला थियो
जान्न स्कुल भनी रोइकराइ गरेनी
अरूको सामुन्ने म बालकको के पो चल्थ्यो।
दिनदिनको हाँस्नु खेल्नु त स्कुलमै जान्थ्यो
पर्व मेलाको केही छुट्टीमा नि
गुरुको गृहकार्य पाना भ….रि हुन्थ्यो।
गृहकार्य देखि नै मेरो त सातो खान्थ्यो।
थाहा छैन बा आमाको नि के बिगारेथे
गृहकार्य कम दिनुहुन्छ ,
केही बढाउन भनि गुरुलाई आदेश जान्थ्यो।
सानै भएनी म पनि कहाँ कम थिए
गृहकार्य नगरेको दिन थरीथरीका बहना बन्थे।
छल गरेको पक्रिदा घरमा बाबाको डाँठ हुन्थ्यो
विद्यालयमा गुरुको लाठी चल्थ्यो।
निडर त्यो बालपन न कुनै विग्रने डर
न त कुनैचोटपटक कुनै डर हुन्थ्यो
बाबाको कडा स्वर सुनेसी भने
बाघै दहाडेको आभास हुन्थ्यो
बाबाको त्रास नी कस्तो,
घन्टौदेखि आमालाई नकारी रहेका शब्दहरू
बाबाको मुखमा नजर पर्दा नै हुन्छमा परिणत हुन्थ्यो
कुनै दिन गालामा बाबाको हात परे
बाबालाई बोलाउन नि मुखबाट आवाज नै आउनन्थ्यो।
लुकी छिपी आमालाई फकाइन्थ्यो
बाबा घर नभएको सुइँको पायो कि
साथीहरूसित खेल्न गइन्थ्यो
बाबा घर पुग्दासम्म फर्कने वाचामा
यी र यस्ता पलहरूले पो बालपन बन्यो
नत्र सायद बालपन निरस हुन्थ्यो।









Discussion about this post