सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योति माध्यमिक विद्यालयको ९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी मा रहेको जनज्योति माध्यमिक विद्यालयको ९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर दत्त भट्टको सभापतित्व रहेको थियो।

No description available.

कार्यक्रममा पूर्व न्यायधिवक्ता एवम् न्  प्रा.डा युवराज संग्रौला, प्रदेश सभा सदस्य प्रकाश रावल, बरिष्ठ अधिवक्ता किसोर आचार्य, दोधाराचाँदनी नगरका प्रमुख किशोर लिम्बु, वेदकोटका नगर प्रमुख भोजराज बोहरा, जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशी, जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशी लगायतको विशिष्ट आतिथ्य रहेको थियो।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले विद्यालय २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल हाल विद्यालयमा १०८२ विद्यार्थी अध्ययनरत रहेका बताए। साथै उनले गत वर्षको एसइइ परीक्षामा राम्रो नतिजा ल्याउन सफल समेत भएको बताएका छन्।’ उनले भने ‘ विद्यालय २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल हाल विद्यालयमा १०८२ विद्यार्थी अध्ययनरत रहेका छन्। गत वर्षको एसइइ परीक्षामा पनि राम्रो नतिजा ल्याउन सफल समेत भएका छौ।’ 

No description available.

विद्यार्थीहरूलाई विज्ञान प्रविधि र समाज अनुकुल हुने गरेर तथा समाजिक मूल्य र मान्यता सिकाउनु प्रति विद्यालय अग्रसर रहेको उनको भनाइ रहेको छ। साथै प्रधानाध्यापक जोशीले समयको माग अनुसारको सिकाइ विद्यार्थीलाई दिने गरेर विद्यालय अगाडि बढी रहेको समेत उनले बताए। साथै उनले आगामी शैक्षिक वर्षदेखि थप नयाँ प्रविधियुक्त सिकाइमा जोड दिने बताए।

No description available.

Sana Kishan

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखकले जनज्योति माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण पुगाएको योगदान पुर्याइरहेको बताए। उनले विद्यालयले  शिक्षाको क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गर्दै विद्यालयलाई आफूले सकेको सहयोग गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्।

No description available.

वार्षिकोत्सवमा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत तथा विद्यालयमा लामो सयमदेखि कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको छ भने विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएका थिए।

No description available.

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रा.डा. युवराज सङ्ग्रौलाले जनज्योति माध्यमिक विद्यालयलाई कानुन संकाय सञ्चालन गर्न सहयोग गर्ने बताएका छन्। साथै उनले शिक्षकले आफ्नो पेसाप्रति मनोबल नघटाएर दृढ भएर शिक्षणमा निरन्तरता दिन आग्रह गरेका छन्।

No description available.

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समित अध्यक्ष, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो। जनज्योति माविले माघ २५ गते    जनज्योति एजुकेसनल फेस्ट सम्पन्न गरेको थियो। फेस्टमा ४ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका थिए भने विद्यार्थीहरूले ९६ हजार भन्दा बढीको कारोबार गरेका थिए।

No description available.

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.