सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लक्ष्मी माध्यमिक विद्यालय खैरभट्टीको ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयले ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ्। शनिबार सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदले ग्रामीण भेगको सामुदायिक विद्यालयको वृद्धि विकासका लागि स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । साथै कार्यक्रममा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक, कर्मचारी तथा भारतमा सम्पन्न प्रथम साउथ एसियन स्पोर्टस् मार्सल आर्ट प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल खुसी सुनारलाई सम्मान पत्र सहित सम्मान सम्मान गरिएको उनले बताए। साथै विद्यालयले सञ्चालन गरेका आन्तरिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साउदको भनाइ रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

No description available.

Dirghayu Ads

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य विद्यालयलाई आफूले सकेको सहयोग गर्न सँधै तत्पर रहने प्रतिवद्धता गरेका छन्।

Sana Kishan

No description available.

विद्यालयका प्रधानाध्यापक प्रकाश चन्दले आफू विद्यालयमा प्रधानाध्यापक भएर आएदेखि नै विद्यालयको शैक्षिक गुणस्तर सुधार्नतर्फ अग्रसर रहेको बताएका छन्। साथै उनले विद्यालयमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पठनपाठन भइरहेको बताउनुका साथै थप हौसला र ऊर्जाका साथ विद्यालयमा खटिने उनको भनाइ रहेको छ।

No description available.

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समित अध्यक्ष, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

No description available.

No description available.

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.