कञ्चनपुर – महाकाली मोर्डन पब्लिक सेकेन्डरी स्कुलले मोर्डन फेस्ट मनाएको छ । फेस्टमा विद्यार्थीहरूले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने नृत्य र संगीत लगायतको प्रदर्शनीका साथै साहित्य, संस्कृति, खेलकुद, विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले निर्माण गरेका बिभिन्न आविष्कारहरूको समेत प्रदर्शनी गरिएको थियो।
प्रत्येक वर्ष फेस्ट आयोजना गर्दै आइरहेको उक्त विद्यालयले यस वर्ष पनि फेस्ट आयोजना गरेको हो । विद्यालयमा आफ्ना नानी बाबुहरूले बनाएको परिकार चाखेर अभिभावक पनि मख्ख परेका थिए भने उनीहरूले बनाएको विज्ञान प्रदर्शनको अवलोकन गरि तारिफ पनि गरेका थिए ।

फेस्टमा विद्यार्थीले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने नृत्य र संगीत लगायतको प्रदर्शनीका साथै साहित्य, संस्कृति, खेलकुद, विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले निर्माण गरेका बिभिन्न आविष्कारहरू अवलोकन गर्न विद्यार्थीहरूका अभिभावक समेत उपस्थित भएका थिए।

विद्यालयका प्रधानाध्यपाक दिजराज भट्टले विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान सिपलाई व्यवहारमा लागू गराउने तथा विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्धेयले फेस्ट आयोजना गरेको बताए। उनले भने ‘ विद्यार्थीको आन्तरिक प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेश्यले हामी प्रत्येक साल यो कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ।’









Discussion about this post