Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज : करिब २५ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना (मिल) पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलको टोली मंगलबार वीरगन्ज आइपुगेको छ। सरकारले चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्नका लागि भदौं १ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सि.डि.ई. श्रीकान्त यादवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थ्यिो। त्यहि कार्यदलको टोली वीरगन्ज आएर मंगलबारदेखि आफ्नो काम सुरु गरेको छ। मंगलबार नै चिनी मिलमा पुगेर उक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण सुरु गरिएको कार्यदलका संयोजक यादवले बताए।

वीरगन्जमै दुई दिन रहेर चिनी मिलको स्थलगत निरीक्षण र अनुगमन गरिने उनले बताए। त्यसपछि काठमाडौं फर्किएर कार्यदलको टोलीले आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाउने जानकारीपनि उनले दिए।  उद्योग मन्त्री गौरीकुमारी यादवको पहलमा वीरगन्ज चिनी कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगन्ज चिनी मिलको अवस्था, यसअघि भएका निर्णय तथा पुनः सञ्चालनका लागि तयार पारिएका अध्ययन र प्रतिवेदनको समीक्षा गरी अब चाल्नुपर्ने कदम सिफारिस गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। कार्यदलले १५ दिनभित्र अध्ययन प्रतिवेदन मन्त्रालयमा पेस गर्नुपर्नेछ। वीरगन्ज चिनी मिल पुनः सञ्चालन गर्न सकिने वा नसकिने विषयमा अध्ययन गर्नुका साथै कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्था विश्लेषण गरी विद्यमान समस्या पहिचान गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ।

त्यसैगरी कारखाना परिसरमा रहेका भवन, संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्थाबारेमा पनि कार्यदलले अध्ययन गरेर पुराना संरचना र मेसिनरीको प्रयोगबाट कारखाना पुनः सञ्चालन गर्न सकिने अवस्था छ वा नयाँ प्रविधि तथा संरचना आवश्यक पर्छ भन्ने विषयमा पनि कार्यदलले मन्त्रालयमा सुझाव दिने बताइएको छ। साथै चिनी मिलको स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन गर्दै त्यसमा रहेका समस्या पहिचान गरी त्यसको समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्प प्रस्ताव गर्न पनि उक्त कार्यदललाई भनिएको छ।

२०१५ सालमा तत्कालीन राजा महेन्द्रले सोभियत संघ रुसको भ्रमण गर्दा नेपालमा ठूलो चिनी कारखाना निर्माण गर्ने सम्झौता भएपछि उनकै पहलमा वीरगन्ज चिनी कारखानाको स्थापना गरि २०२१ साल माघ १८ गतेदेखि विधिवत रुपमा चिनीको उत्पादन सुरु गरिएको थियो । तर पछि घाटा बढ्दै गएपछि २०५९ फागुन १५ गतेको मन्त्रिपरिषदको बैठकले वीरगन्ज चिनी कारखाना बन्द गर्ने निर्णय गरेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै
फ्ल्यास हेडिङ

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित
खेलकुद

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ
कृषि

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व