Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीमा शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले सञ्चालन गर्न लागेको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उमेर पुगे पनि शारीरिक अशक्तता वा अपाङ्गताका कारण नागरिकता लिनबाट वञ्चित नागरिकलाई घरमै पुगेर सेवा प्रदान गर्न लागिएको हो।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार यसका लागि जिल्लाका १० वटै स्थानीय तहलाई शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकको विवरण सङ्कलन गरी पठाउन भनिएको छ।

“सबै स्थानीय तहबाट अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण माग गरेका छौँ,” प्रजिअ अर्यालले भनिन्, “विवरण प्राप्त भएपछि सम्बन्धित नागरिकको घर वा पायक पर्ने स्थानमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्छौं।”

प्रशासन कार्यालयसम्म पुग्न कठिनाइ हुने नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विशेषगरी हिँडडुल गर्न कठिनाइ भएका, शारीरिक रूपमा अशक्त तथा प्रशासन कार्यालयसम्म पुग्न असहज हुने नागरिक यसबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

नागरिकता प्राप्त गर्नकै लागि प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएकाले कार्यक्रमले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा सुविधा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने प्रजिअ अर्यालले बताइन्।

स्थानीय तहबाट विवरण प्राप्त भएपछि प्रशासन कार्यालयले सम्बन्धित पालिकासँग समन्वय र सहकार्य गरी घरमै पुगेर नागरिकता वितरणको प्रक्रिया अघि बढाउने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
फ्ल्यास हेडिङ

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै
फ्ल्यास हेडिङ

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व