कञ्चपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा रहेको श्री बैजनाथ माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न तथा अनाथ बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत राज कलौनीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत ५९ जना विपन्न तथा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरेका हुन् ।
कलौनीले बुधवार विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दे जन्मदिनको अवसरमा विपन्न तथा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरेको बताए । साथै उनले होटलमा गएर फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा पनि विपन्न बालबालिकाहरूलाई आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले भने ‘कतिपय विद्यार्थीहरूसँग शैक्षिक सामग्री हुँदैन विद्यालयमा आउनका लागी पोशाक हुँदैन त्यो अवस्थामा हामी सबैले आआफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने हो भने विपन्न विद्यार्थीहरू शिक्षाबाट बञ्चित हुँदैनन्।’