सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशका नयाँ प्रहरी प्रमुख केसीको पदभार

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक रविन्द् केसीले पदभार ग्रहण गरेका छन । हालै सरुवा भएर सुप प्रदेश आएका प्रदेश प्रहरी प्रमुख केसीले आइतबार पदभार ग्रहण गरेका हुन ।

प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको च।नं। ३६६३ मिति २०८०।०९।२४ गतेका पत्रादेशले यस कार्यालयमा सरुवा हुनु भएका प्रमुख प्रहरी नायव महानिरीक्षक केसी यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।

Sana Kishan

उक्त स्वागत कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक दिल्लीराज विष्ट  सहितका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गर्नुभएको थियो ।  पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक केसीले सुदूरपश्चिम प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी  लिनु भयो ।

World Link Ads
Mahakali Polytechnic

त्यस पश्चात उहाँले यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री  सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि  बढाउन निर्देशन दिनुभयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.