काठमाण्डौ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष एकल ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल अन्तिम–३२ बाट बाहिरिएका छन्।
चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० को सोझो सेटमा पराजित भए। उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे।
क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई २–० ले हराएका थिए। ब्याडमिन्टनमा यसपटक नेपाली खेलाडीको यो एकमात्र जित बनेको छ। अन्य नेपाली खेलाडी तथा जोडीहरू पनि विभिन्न स्पर्धाबाट बाहिरिएका छन्।










Discussion about this post