एउटा मन कति पटक दुखाउनु पर्छ थाहा छैन
सोझो हुनुको के मूल्य चुकाउनु पर्छ थाहा छैन
कसरी समृद्धिको सपना देख्छौ अचम्म लाग्छ
घर चलाउन खाडीतिर उडाउनु पर्छ थाहा छैन
म भरिया हूँ भारीमा के छ मालिकले भन्दैनन्
अब कसलाई टुप्पोमा पुगाउनु पर्छ थाहा छैन
हेर्दै घिनलाग्दा देखिन थाले दुर्गन्ध फैलिएछ
आहालमै पसेपछि त नुहाउनु पर्छ थाहा छैन
ढुङ्गाको मुर्तिले पिडा बुझ्न सकेन आजसम्म
कहाँ पुजा गरेर भेटी चढाउनु पर्छ थाहा छैन









Discussion about this post