सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा मानव अधिकार उलङ्घनका घटना बढ्दै 

कञ्चनपुर । कञ्चनपुरमा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको एक प्रतिवेदनले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरले सार्वजनिक गरेको प्रतिवेदनमा मानव अधिकार उलङ्घनका घटना बढिरहेको देखाएको छ ।

आइतबार इन्सेक कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक ०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम एव कञ्चनपुरको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा इन्सेक कञ्चनपुरका सहजकर्ता लिली कुँवरले पछिल्ला दिनहरूमा जिल्लामा मानव अधिकारका उलङ्घनका घटना नरोकिएको बताए ।

Sana Kishan

इन्सेक कञ्चनपुरका संयोजक कुँवरले सार्वजनिक गरेको प्रतिवेदनमा ३ सय २ घटना अभिलेख गरेको जनाइन । प्रतिवेदन अनुसार परिवारबाट हत्या १, बलात्कार प्रयास ७, मानव बेचबिखन तथा ओसारपसार २, बलात्कार १८ र घरेलु हिंसाका २ सय ७०, कुटपिटका ४, पुरुष हिंसाका ६ घटना घटेका छन् ।

World Link Ads
Mahakali Polytechnic

कञ्चनपुरका सरोकारवालाहरूले पछिल्ला दिनहरूमा जिल्लामा बढिरहेका घरेलु हिंसा दुखीका बलात्कार, हत्या जस्ता घटना रोकथामका लागि सम्बन्धित निकाय सचेत हुनुपर्नेमा जोडिदिएका छन । सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै मानव अधिकार संरक्षण, प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन । haha

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.