Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजबाट खुल्यो हिमालयन रि इन्स्योरेन्सको आइपीओ, कति कित्ताका लागि आवेदन दिने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २७, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आज मंसिर २७ गतेदेखि हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुलेको छ। कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म बिक्री नभएपुस ११ गतेसम्म बिक्री खुला रहनेछ।

कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो। अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो। यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ। यसको लागि कम्तिमा २ हजार ६० रूपैयाँ बैंक खातामा मौज्दात हुनुपर्नेछ। नत्र आवेदन रद्द हुन्छ। यो सेयरमा बढिमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूलाई कम्पनीले सेयर छुट्याइसकेको छ। वैदेशिक रोजगारीमा गएकाहरूका लागि ३० लाख कित्ता सेयर बाडिसकेको छ। कम्पनीका कर्मचारीको लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ। आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणालीमा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको सेयरलाई ए माइनस रेटिङ दिएको छ।

यसले कम्पनीको वित्तीय दायित्व सफलसँग भुक्तानी गर्न सक्ने देखाउँछ। यसको सेयर बिक्री प्रबन्धक एनएमबी बैंक छ। सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुग्नेछ। कम्पनीले प्रिमियमबाटै ३ अर्ब १८ करोड पाउनेछ। यो रकम बोनस सेयर दिन प्रयोग गर्न सक्ने व्यवस्था छ। कम्पनीले सेयरबाट उठेको रकम घरजग्गा कार्यालयमा लगाउने देखि निक्षेप, ऋणपत्रमा लगानी गर्ने उल्लेख गरेको छ। अहिले पनि कम्पनीले विभिन्न लगानीबाट कमाई गरिरहेको छ। गत असारसम्म कम्पनीले यस्तो लगानीबाट ८० करोड ६४ लाख कमाएको थियो।

हाल नेपालमा एक मात्र पुनरबीमा कम्पनी रहेकोमा हिमालयन रि पनि थपिन लागेको हो। बीमा कम्पनीहरूले आफुले मात्र लिन नसक्ने जोखिम यस्ता पुनरबीमा कम्पनीमा सार्छन्। धेरैले विदेशी पुनरबीमा कम्पनीमा यस्तो जोखिम सार्दै आएका छन्। हाल नेपाली बीमा कम्पनीहरूले आफूले गर्ने पुनः बीमाको कम्तिमा १५ प्रतिशत रकम बराबर नेपाली पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था छ। हाल हिमालयन रि र नेपाल रि इन्स्योरेन्स छन्। कम्पनीहरूले कम्तिमा बीमाको शुल्कको १० प्रतिशत रकम र सो बराबरको जोखिम पुनर बीमा कम्पनीमा सार्नुपर्छ। पुनर बीमा कम्पनीको व्यवसायलाई सुनिश्चित गरिएको छ। यस कम्पनीमा ठूला व्यवसायी शेखर गोल्छा अध्यक्ष छन्। शाहिल अग्रवाल, अमित मोर लगायत सञ्चालक समितिमा छन्।

कम्पनीमा अम्बर प्रोभेष्टमेन्टको ९. ६९ प्रतिशत, नेपाल बैंकको ७.१४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.१४ प्रतिशत र इन्फिनिटि होल्डिङ्सको ६.४३ प्रतिशत सेयर छ। कम्पनीले गत असारसम्म ३ अर्ब ४३ करोड खुद प्रिमियम आम्दानी गरेको छ। कम्पनीले ४ अर्ब ३१ करोड जम्मा आम्दानी गरेको छ। कम्पनीले ४४ करोड नाफा गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ६ रूपैयाँ ३२ पैसा छ। प्रतिसेयर नेटवर्थ एक सय १० रूपैयाँ ९२ पैसा छ। कम्पनीले पहिलो कारोबारको लागि ३ सय ३२ रूपैयाँसम्म मूल्य रेञ्ज पाउन सक्छ। कम्पनीले अर्को वर्ष नै एक अर्ब २ करोड नाफा कमाउन सक्ने प्रक्षेपण गरेको छ।

कम्पनीको सोल्भेन्सी मार्जिन १ दशमलव ४ गुणा देखिदै आएको छ। सोल्भेन्सी मार्जिन भनेको कम्पनीमा पर्नसक्ने दाबीभन्दा अतिरिक्त हुनुपर्ने पुँजी हो। कम्पनीमा भित्रने प्रिमियममा निरन्तरता पाउने दर ९० प्रतिशतसम्म छ। उपहार खबर बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व