काठमाण्डौ – सरकारले यो महिना पछि बजारमा चिनी सजिलै पाइने जनाएको छ । नेपालमा नै उखुको क्रसिङ शुरु भइसकेकाले यो महिना पछि चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार भारतबाट चिनी ल्याउँदा महँगो पर्ने भएकाले अहिलेलाई आयात रोकिएको छ । आयात नहुँदा र नेपालमै उत्पादन पर्याप्त नहुँदा अहिले चिनीको अभाव देखिएको उहाँको भनाइ छ । तर, अब कतिपय स्वदेशी चिनी मिलले उत्पादन शुरु गरिसकेकाले र केहीले यो महिनाको अन्तिमदेखि उत्पादन थाल्ने भएकाले अर्को महिनादेखि सहज रुपमा चिनी पाइने बताउनुभयो।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
बजारमा दशैँदेखि नै चिनीको अभाव छ । यसबीचमा सरकारले जीटुजी अर्थात सरकार सरकारमार्फत चिनी आयात गर्ने भनिए पनि आयात हुन सकेको छैन । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो । तर दुवै कम्पनीले महँगो परेको भन्दै चिनी आयात गरेका छैनन् ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था मिलाउन र मूल्य घटाउनका लागि छलफल भइरहेको जनाएको छ । उपभोक्ताले अहिले चिनी किलोको १५० रुपैयाँसम्म तिर्न बाध्य भएका छन् । उज्यालो अनलाइन बाट साभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)