Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा विविध कार्यक्रम गरि मनाइयो ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर १७, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरि मनाइएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । आइतबार भीमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष उपेन्द्र बहादुर खडायतको सभापतित्व रहेको थियो भने भीमदत्त नगर उप प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्य रहेको थियो।

No description available.

कार्यक्रमको सुरुवात प्रभात फेरी कार्यक्रमबाट भएको थियो। सो प्रभात फेरि कार्यक्रम मदन चोक बाट सुरु भई नगरपालिकाको सभा हलमा पुगी औपचारिक कार्यक्रममा रूपान्तरण भएको थियो । कार्यक्रममा बोल्दै अमर शहीद आधारभुत विद्यालय बहिरा श्रवण शक्ति कम भएका विद्यार्थीका स्रोत शिक्षक सोमराज जोशीले अहिले पनि विद्यालयमा पर्याप्त दोभाषे शिक्षक र बालबालिकालाई हेर्ने सहायक शिक्षिकाको अभाव रहेको बताए । साथै विद्यालयमा पनि बिभिन्न भौतिक संरचनाको पनि अभावमा अपाङ्गता भएका विद्यार्थीहरूको पठनपाठन भइरहेको बताए । ३० जना अपाङ्गता भएका विद्यार्थीहरूलाई एक जना सहयोगी सरसफाइ गर्ने महिलाले हेर्नुपर्ने समस्या भएको बताए ।

No description available.

कार्यक्रममा बोल्दै सभाध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष उपेन्द्र बहादुर खडायतले अपाङ्गता भएका व्यक्तिहरूका लागी नेपालको संविधान २०७२ मा पनि आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको बताए । तर पनि यी र अन्य कानुन ऐन नियम बने पनि नियम संगतले लागु नहुने फितलो कार्यान्वयनले अहिले पनि आफूहरूले दुख पाइरहेको बताए । अहिले पनि कतिपय सरकारी कार्यालय, सङ्घसंस्थाहरूमा भुँई तलामा पनि जान सक्ने व्यवस्था नरहेको बताए । जसले गर्दा सेवा सुविधा लिन अहिले पनि समस्या भएको दुखेसो पोखे ।

No description available.

प्रमुख अतिथि एवम् भीमदत्त नगर उप प्रमुख निलम लेखक जोशीले पालिकाले अपाङ्गमैत्री कार्यक्रम गर्न पालिका प्रतिवद्ध रहेको बताइन्। साथै उनले अमर शहिद आधारभुत विद्यालयमा सहयोगी शिक्षिकाको व्यबस्थापनमा आफुले यथा सक्दो चाँडो काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै अपाङगता दिवस लगायतका बिभिन्न कार्यक्रम खेलकुदमा पनि साथ र सहयोग गरेर काम गरिएको बताईन् । आफुले विगतका दिनमा पनि बजेटको विनियोजन गरि पालिकाले सहयोग गरेको र आगामी दिनमा पनि के कती सहयोग गर्न सकिन्छ, त्यसमा आफु सदैव सकारात्मक रहेको बताईन् । अपाङगता भएका व्यक्तीहरुले पछाडी भएको महससुु नगर्न आग्रह गरिन पालिका र स्वयम आफु जहिले  पनि साथ र सहयोग गर्ने तत्पर रहेको बताइन्।

No description available.

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व