सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा विविध कार्यक्रम गरि मनाइयो ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कञ्चनपुर । कञ्चनपुरमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरि मनाइएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । आइतबार भीमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष उपेन्द्र बहादुर खडायतको सभापतित्व रहेको थियो भने भीमदत्त नगर उप प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्य रहेको थियो।

No description available.

कार्यक्रमको सुरुवात प्रभात फेरी कार्यक्रमबाट भएको थियो। सो प्रभात फेरि कार्यक्रम मदन चोक बाट सुरु भई नगरपालिकाको सभा हलमा पुगी औपचारिक कार्यक्रममा रूपान्तरण भएको थियो । कार्यक्रममा बोल्दै अमर शहीद आधारभुत विद्यालय बहिरा श्रवण शक्ति कम भएका विद्यार्थीका स्रोत शिक्षक सोमराज जोशीले अहिले पनि विद्यालयमा पर्याप्त दोभाषे शिक्षक र बालबालिकालाई हेर्ने सहायक शिक्षिकाको अभाव रहेको बताए । साथै विद्यालयमा पनि बिभिन्न भौतिक संरचनाको पनि अभावमा अपाङ्गता भएका विद्यार्थीहरूको पठनपाठन भइरहेको बताए । ३० जना अपाङ्गता भएका विद्यार्थीहरूलाई एक जना सहयोगी सरसफाइ गर्ने महिलाले हेर्नुपर्ने समस्या भएको बताए ।

World Link Ads
Mahakali Polytechnic

No description available.

Dirghayu Ads
Sana Kishan

कार्यक्रममा बोल्दै सभाध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष उपेन्द्र बहादुर खडायतले अपाङ्गता भएका व्यक्तिहरूका लागी नेपालको संविधान २०७२ मा पनि आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको बताए । तर पनि यी र अन्य कानुन ऐन नियम बने पनि नियम संगतले लागु नहुने फितलो कार्यान्वयनले अहिले पनि आफूहरूले दुख पाइरहेको बताए । अहिले पनि कतिपय सरकारी कार्यालय, सङ्घसंस्थाहरूमा भुँई तलामा पनि जान सक्ने व्यवस्था नरहेको बताए । जसले गर्दा सेवा सुविधा लिन अहिले पनि समस्या भएको दुखेसो पोखे ।

No description available.

प्रमुख अतिथि एवम् भीमदत्त नगर उप प्रमुख निलम लेखक जोशीले पालिकाले अपाङ्गमैत्री कार्यक्रम गर्न पालिका प्रतिवद्ध रहेको बताइन्। साथै उनले अमर शहिद आधारभुत विद्यालयमा सहयोगी शिक्षिकाको व्यबस्थापनमा आफुले यथा सक्दो चाँडो काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै अपाङगता दिवस लगायतका बिभिन्न कार्यक्रम खेलकुदमा पनि साथ र सहयोग गरेर काम गरिएको बताईन् । आफुले विगतका दिनमा पनि बजेटको विनियोजन गरि पालिकाले सहयोग गरेको र आगामी दिनमा पनि के कती सहयोग गर्न सकिन्छ, त्यसमा आफु सदैव सकारात्मक रहेको बताईन् । अपाङगता भएका व्यक्तीहरुले पछाडी भएको महससुु नगर्न आग्रह गरिन पालिका र स्वयम आफु जहिले  पनि साथ र सहयोग गर्ने तत्पर रहेको बताइन्।

No description available.

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.