कञ्चनपुर- भारतको उत्तराखंड चम्पावत जिल्लाको टनकपुरमा सम्पन्न भएको जिल्ला स्तरिय लगानी सम्मेलनमा पुगेर कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले हाम्रो जिल्ला सहित प्रदेशमा व्यापारीक दृष्टिका प्रचुर सम्भावना रहेकाले लगानी गर्न भारतीय लगानीकर्तहरुलाई अनुरोध गरेका छन् ।
शनिबार उत्तराखण्ड प्रदेश सरकारले चम्पावतस्थित टनकपुरको ग्लोबल इन्भेष्टर्स समिट अन्तर्गत डा। एपीजे अब्दुल कलाम इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजना गरेको वृहत जिल्ला स्तरिय लगानी सम्मेलनमा सहभागिता जनाउदै कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले कञ्चनपुर जिल्ला सहित प्रदेश भरीनै विभिन्न क्षेत्रमा व्यापारका थप्रै सम्भावना रहेकाले भारतीय लगानीकर्ताहरुलाई लगानी गर्न अनुराध गरेका हुन ।
उनले भने ”कञ्चनपुरको भारत संग प्रत्यक्ष सिमाना जोडिएको उत्तराखण्ड प्रदेश चम्पावत जिल्लामा लगानी गर्न उत्साहित लगानीकर्ताहरुले कञ्चनपुर जिल्ला सहित हाम्रो सुदूरपश्चिम प्रदेश भरीमा पर्यटन, उद्योग, जडिबुटि र विद्युत उत्पादनका क्षेत्रमा लगानी गर्न अनुरोध गर्नुभयो ।” लगानीका लागि हामि वातावरण बनाईदिन्छौ निधक्क भएर लगानी गर्न कार्यक्रममा उपस्थित मन्त्री र लगानीकर्ता सबैसित आग्रह गरे ।
भारतले प्रदेको आर्थिक समृद्धिका लागि आयोजना गर्न गईरहेको लगानी सम्मेलनका लागि जिल्ला स्तरिय लगानी सम्मेलनमा उत्तराखण्ड प्रखेश सरकारका मन्त्री रेखा आर्य, प्रदेशका सुचना आयुक्त सहित जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित उपस्थित कार्यक्रममा मैले व्यापारीक क्षेत्रमा लगानी गर्रौ भनेको उद्योग बाणिज्य संघ अध्यक्ष जोशीले बताए ।
भारतमा आर्थिक बृद्धिका लागि यसरी सम्मेलन गरेर लगानीका लागि खुला गरिन्छन त्यो राम्रो विषय हो, यसरी नेपालमा पनि आर्थिक क्षेत्रको विस्तारमा लगानीको उत्तीकै आवश्यकता रहेकाले तिनै तहका सरकारले उपलब्धि मुलक भुमिका खेल्न नसकेको बताउदै त्यसैले पनि बाह्य लगानी ल्याउन समस्या देखिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिमा उत्तराखण्डका माननीय महिला सशक्तिकरण तथा बाल विकास,खाद्य, नागरिक आपूर्ति तथा उपभोक्ता मामिला, खेलकुद, युवा कल्याण तथा मन्त्री रेखा आर्य रहनु भएको थियो।
यस्तै जिल्ला अधिकारी नवनीत पाण्डे, चम्पावतका विभिन्न क्षेत्रमा उद्योग स्थापना गरी हाल काम गरिरहेका व्यवसायी, पर्यटन क्षेत्रका लगानीकर्ता सहित कञ्चनपुर उद्योग बाणिज्य संघका पदाधिकारी, होटल व्यावसायि संघ कञ्चनपुरका अध्यक्ष जगदिश प्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियो । उद्यमीहरूले भारतको चम्पावत जिल्लामा ५ सय करोडको ५२ समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।