कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरको एक वडामा सडक बत्ति जडान शुरु गरिएको छ । वेदकोट नगरपालिका ८ नम्बर वडामा सडक बत्ति जडान शुरु गरिएको हो ।
वेदकोट नगरपालिका ८ का विभिन्न चोक चौतारा गाँउबस्तीमा रहेका सडकमा सौर्य बिजुली जडान गरिएको जनाईएको छ । चालु आर्थिक बर्ष ०८०/०८१ मा दोस्रो चौमासिकमा वडा कार्यालयले उज्यालोका लागि सौर्यबत्ति जडान गरिएको हो ।

वेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले उज्यालोका लागि सडक बत्ती जडान गरिएको बताए । वडाध्यक्ष जोशीका अनुसार विद्यार्थी लगायत सर्वसाधारणको आवत जावतका लागि सडकबत्ति जडान गरिएको बताए । वडाध्यक्ष जोशीले वडाका विभिन्न वडाबस्तीमा रहेका महत्वपूर्ण चोक चौतारामा जडान गरिएको छ ।

वडाध्यक्ष जोशीले चुनावी प्रतिबद्धता अनुसार सौर्यबत्ति जडान गरिएको छ । वडाले गाँउबस्तीमा सडकमा सौर्यबत्ति जडान गरेपछि स्थानीय समेत हर्षित भएका छन ।
