सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ग्वालेक ग्रुपको ‘भिसा ब्ल्याक’ बजारमा

कञ्चनपुर । ग्वालेक ग्रुपले भिसा ब्लयाक नामक नयाँ मदिराको ब्राण्ड उत्पादन गरेको छ । ग्वालेक ग्रुप अन्र्तरगत रहेको अमृत डिष्टिलरी कम्पनी प्रालिले भिसा ब्ल्याक नामक नयाँ मदिराको ब्राण्ड उत्पादन गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको अमृत डिष्टिलरी कम्पनी प्रालिले हालै नयाँ ब्राण्डको मदिरा बजारमा ल्याएको जनाएको छ । ग्वालेक ग्रुफका अप्रेसन म्यानेजर जगदिश विष्टले हालै अमृत डिष्टिलरी कम्पनी भिसा हुस्की मदिरा बजारमा ल्याएको बताए । उनका अनुसार १८०, ३७५ र ७५० एमएल परिमाण प्याकिङ्गमा ब्राण्ड बजारमा ल्याईएको छ ।

Sana Kishan

मदिरा पारखीहरुको मागका आधारमा कम्पनीले उक्त मदिरा बजारमा ल्याएको बताए । यस अघि ग्वालेक ग्रुप अमृत डिष्टिलरीले आईकोनिक भोट्का, स्वीट, क्वालिटी, लिम्पिया,प्लाटुन सहितका विभिन्न ब्राण्डका मदिरा उत्पादन गरेको थियो ।

World Link Ads

ग्वालेक ग्रुपका संचालक पिताम्बर जोशीले विदेशी ब्राण्डका मदिरा विस्थापन गर्ने उदेश्यका साथ अमृत डिष्टिलरीले बजारको माग अनुसार नयाँ नयाँ ब्राण्डका मदिरा उत्पादन गरिरहेको बताए । ‘विदेशी मदिराको आयात रोक्दै स्वदेशमै उत्पादन गरेको मदिरा बिक्रि वितरण खपत गर्ने उदेश्यले हामीले नयाँ ब्राण्डको मदिरा बजारमा ल्याएका छौँ, ‘उनले भने, ‘विदेशी मदिरामै पाउने स्वाद हामीले स्वदेशी मदिरामै दिन खोजेका छौँ ।’

कम्पनीले नाफा मात्रै नभई बैदेशिक व्यापार घाटा कम गर्नुका साथै आर्थिक बृद्धि विकासका लागि समेत भूमिका निर्वाहका लागि नयाँ नयाँ ब्राण्ड बजारमा ल्याईरहेको र भावि दिनमा समेत ल्याउने बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close