सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लगातार तेस्रो दिन पनि राताम्मे हुँदै नेप्से १९ सय विन्दु भन्दा तल

लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा गरिमा डिबेञ्चरको शेयर झण्डै ६ प्रतिशतले ओरालो लागेको छ ।

Sana Kishan

समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै अपर लाहोरे खोला जलविद्युत् कम्पनीको शेयर झण्डै ६ प्रतिशतले बढेको छ । आज ४२ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २८ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close