कञ्चनपुर । सामुदायिक वनकाथिको तेहोरो कर खारेजीगर्न सर्वोच्चले आदेश जारी गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल(फोगोफन)ले स्वागत गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल(फोगोफन) बेदकोट नगरले स्वागत गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल(फोगोफन) बेदकोट नगरले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले लगाउँदै आएको कर खारेजी आदेश आम उपभोक्ता हितमा भएको जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल(फोगोफन) बेदकोट नगरका अध्यक्ष राजुराम सार्की(भुल)द्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम उपभोक्ताको घाँटी निमोठनेगरी गरिएको निर्णयमा सर्वोच्चले राहत दिएको जनाएको छ ।