सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गीतकार दीपेन्द्र अधिकारीको सृजनामा रहेको `जीवनको रेल´ सार्वजनिक

कञ्चनपुर : गीतकार दीपेन्द्र अधिकारीको सृजनामा रहेको `जीवनको रेल´ बोलको गीतको भिडियो शुक्रबार डिए क्रिएसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत र राजु कार्कीको सङ्गीत संयोजनमा तयार भएको गीतमा सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्। राजधानीको अनामनगरमा रहेको त्रिवेणी डिजिटलमा रेकर्डिङ भएको गीतको

मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका छन्।

सिलौटो कटेज अनामनगरमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा छायाङ्कन, सम्पादन र निर्देशनको भूमिका वीरेन्द्र भाट विपिनले निभाएका छन्। भिडियोमा गीतको मर्मअनुसार गायिकालाई मात्र प्रस्तुत गरिएको छ।

World Link Ads

झट्ट सुन्दा विगत केही समयदेखि समीक्षाको जीवनमा घटेको घटनालाई आधार मानेर लेखिएजस्तो लाग्ने गीतका शब्दहरुले आम मानिसका जीवनमा घट्ने घटनालाई प्रतिबिम्बित गरेको छ।

जीवनको रेल छुटेर जाँदा थाहा नै भएन 

सपना सबै टुटेर जाँदा थाहा नै भएन

Sana Kishan

गर्नलाई त कल्पना सुन्दर गरेकै थिएँ नि 

यस्तरी भाग्य फुटेर जाँदा थाहा नै भएन 

सानातिना क्षणिक खुशी र आवेगमा रमाउँदा जीवनले अर्कै मोड लिएर क्षेतविक्षत भएपछि मात्र थाहा भएको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ। जब जीवनमा हरेक सुख र खुशीहरु लुटिन्छन् त्यतिबेला मान्छे शून्य जस्तै हुन्छ। न उसलाई कसैको भर नै हुन्छ न त डर नै। गीतमा जानेर या कसैको लहैलहैमा गरेका गल्ति र त्यसले पार्ने दीर्घकालिन असरलाई सरल तरिकाले पस्किएको छ। जसरी असिनाले चुटेको बाली बिस्तारै घुँडा टेक्दै पूर्ण रूपमा उठ्छ त्यसरीनै मान्छेले जति हण्डर र ठक्कर खाए पनि हार नमानीकन उठ्ने प्रयास गर्न छाड्नुहुन्न भन्ने सकारात्मक भाव सहित गीतलाई टुङ्ग्याइएको छ।

विशेष गरि मुक्तक लेखनमा हात हालेका दीपेन्द्रका मनमोहक पोखरा, चुलबुल चुलबुल प्यारी भाञ्जी, नेपालकी छोरी लगाएत गीतहरु यस अगाडि न‌ै नेपाली गीत सङ्गीतको बजारमा आईसकेका छन्। २५ वर्ष भन्दा लामो समयदेखि जापानमा रहँदै आएका दीपेन्द्रलाई गीत-सङ्गीतको नशा राम्रैसँग चढेको छ।

भिडियो हेर्न लिंकमा जानुहोस्:

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close