सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, सुदूरपश्चिमका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

देशका धेरैजसो पहाडी क्षेत्रमा पानी परिरहेको छ । मनसुन थप सक्रिय भएसँगै हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ ।

भोलि पनि मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार राति भने कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

भोलि कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । उज्यालो अनलाइन बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds