आज राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार अबको एक दुई दिन रातको समयमा कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेको र नेपालको पूर्वी क्षेत्र हुँदै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको हो ।


अन्य ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहन्छ ।
अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । उज्यालो अनलाइन बाट साभार
