सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आज पनि घट्यो

शेयर बजार आज सोमवार पनि घटेको छ । हिजो आइतवार साढे ३८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ अङ्कमा झरेको छ ।

Sana Kishan

आज अन्य, जलविद्युत्, लगानी र बैंकिङ समूहको शेयर घटेको छ भने अरू समूहको शेयर बढेको छ । सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोपावरको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत र गुराँस फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज दुई सय ६७ वटा कम्पनीका ६६ लाख ४७ हजार कित्ता शेयर कारोबार भएका छन् । एक लाख एक हजार दुई सय वटा कारोबारमा दुई अर्ब ३३ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ४३ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.