सोच्नुहोस् उनीहरू कसरी जिबित हुन सक्छन्
बोकी हिडेका पीडाहरू सीमातीत हुन सक्छन्
त्यसैले भन्दैन कसैलाई पनि आफ्ना दु:खहरू
सुनेछ भने सारा दुनियाँ अचम्मित हुन सक्छन्
हरेक चिजहरू सिमाबद्ध हुन्छन् विश्वास गर्नु
गरेका आफ्नो जिन्दगी समाहित हुन सक्छन्
घिसार्दा घिसार्दै यो जिन्दगी यस्तो बनाउने छु
भेट्टिनेहरू जोसुकै पनि पुलकित हुन सक्छन्
आजकल दु:ख मेरा दु:खले नजिक आउदैन
आशा गरौ हाम्रा दिनहरू उडित हुन सक्छन्









Discussion about this post