डिलासैनी गाउँपालिकाले आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने भएको छ। गाउँपालिकाको विशिष्ट पहिचान मौलिक पहिचान झल्किने गरी पालिका गान, निशान छाप र नारा रचना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए।
सूचना अनुसार योग्य कलाकारहरुले आ आफ्नो रचना र निशान छापको नमुना ३० दिन भित्र कार्यालयमा पुग्ने गरी पठाउन अनुरोध गरिएको छ।
उत्कृष्ट रचनाकार तथा कलाकारलाई गाउँपालिकाको पुरस्कारको व्यवस्था समेत गरेको छ। थाहा खबर बाट साभार












Discussion about this post