पोखरा पत्रपत्रिका बाट आफ्नो करियर सुरुवात गर्दै रेडियो र कास्कीका विभिन्न टेलभिजन हुँदै स्टेज कार्यक्रम सञ्चालकको रुपमा उभ्याउँदै आएका देवेन्द्र शाही खासमा आफूलाई सञ्चारकर्मी भन्न रुचाउँछन् । शाही अहिले पनि सञ्चार क्षेत्रमा आफू लाई स्थापित गर्न संघर्षरत छन् ।
रेडियोमा काम गर्नका लागि कास्कीका बिभिन्न रेडियो पनि धाए। समयक्क्रमसंगै उनी पोखराकै एक तालिम केन्द्र द मिडियाज़ कलेक्सनमा गएर तालिम समेत लिए । अवसरको खोजीमा भौँतारिईरहेका शाहीलाई प्रशिक्षक जीवन सुवेदीले रेडियो थ्री एन्जलमा काम गर्न अवसर जुटाईदिए । रेडियोमा रहँदा उनले धेरै निखारिने अवसर पाए । सहज र सरल स्वभावका धनी व्यक्तित्व थ्रि एन्जल्स सामुदायिक रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठ सङ्गको भेट फलदायी रह्यो ।
पत्रपत्रिकाको कुरा गर्दै जाने हो भने, शब्दका खानी लेखन कार्यमा कुशलताले भरिपुर्ण पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाका प्रधान सम्पादक रामजी लम्सालसंग नजिक रहेर काम गरेको अनुभव पनि शाहिसंग छ ।लामो समय रेडियो टेलिभिजनमा काम गर्दै आफू लाई निखार्ने अवसर पाए र आफ्नो कमी कमजोरी लाई सुधार्ने कार्य पनि गर्दै लगे।
यसरी काम गर्दै जाँदा सम्पदा राष्ट्रिय अवार्ड कार्यक्रम मार्फत् उत्कृष्ट उद्धघोषक अवार्ड द्वारा सम्मानित पनि भएका थिए शाही । जसमा नेपालका १२ जना , कलाकार देखि विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरु सम्मानित भएका थिए ।केही समय युवाहरूको लोकप्रिय जेसिज संस्थामा कार्यालय सचिवको रुपमा काम गरे र केही समय पछि त्यही संस्थाको सदस्यता लिए । अहिले पोखरा जेसिजको इभेण्ट व्यवस्थापक सदस्यको जिम्मेवारी पाएका छन् । साथै पोखरा जेसिजको बोर्ड सदस्य रहेका छन् ।
विस्तारै पोखरा जेसीजमै रहेर आफ्नो कार्यक्रम क्षमता निखारपनका साथै बौद्धिक व्यक्तिहरूको सङ्गतले आफ्नो आत्मबल विकास भएको पनि बताउँछन् शाही । जेसिज युवा तथा बौद्धिक व्यक्तित्वहरुको संस्था हो ।पोखरामा सञ्चारकर्म गर्दै गर्दा पोखराका फिल्म निर्देशक तथा बौद्धिक व्यक्तित्व घनश्याम लामिछानेले टिभिमा पहिलो पटक काम गर्ने अवसर दिएको सधैं सम्झन्छन् ।
पोखरा टिभिबाट कार्यक्रम सञ्चालक प्रस्तोता हुँदै गोल्डेन आई टिभिका संस्थापक तथा फिल्म निर्देशक बौद्धिक व्यक्तित्व चिरञ्जीवी भुर्तेल सङ्गको साथ सहयोगले टिभिमा काम गर्न र क्यामरा सम्बन्धी ज्ञान लगायत प्रश्न गर्ने कुराहरु सिक्ने अवसर पाएको शाही बताउँछन् ।यो दौरान धेरै सङ्ग काम गर्ने अवसर जुटे पनि फिल्म निर्देशक एवम् टेलिभिजनकर्मी चिरञ्जीवी भुर्तेल सङ्ग अझै काम गर्ने ईच्छा रहेको शाहीको कथन छ ।पछिल्लो समय न्यू लुक मिस्टर नेपाल २०२३ मा सहभागी भएका दीपेन्द्र शाही ९देवेन्द्र० नेपालकै शान मिस्टर नेपाल जस्तो गरिमा बोकेको कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुसी रहेको बताउँछन् ।
४० दिनको तालिम अवधी मा धेरै कुरा सिक्न पाइने उनको भनाई छ। उक्त कार्यक्रमको अन्तिम प्रतिस्पर्धा साउनको ६ गते शनिवार काठमाण्डौमा हुनेछ। अहिले भोट खुलेको र सबै शुभचिन्तक तथा आफ्ना आफन्त र आदरणीय व्यक्तित्वहरु लाई भोटको लागि अनुरोध गरिरहेका छन् शाहीले । नेपालमा हुनेहरुले खल्ती एप र विदेशमा रहेकाहरुले खल्ती डट कम मार्फत भोट गर्न शाहीले अपिल गरेका छन् । टार्गेट खबर बाट