Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसईई नतिजा : बैतडीमा ए प्लस ग्रेड ल्याउने परीक्षार्थी ‘शून्य’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८०
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समयमा बैतडीमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदै गएको छ । केही दिन अघिमात्रै प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफलमा बैतडीमा ए प्लस ग्रेड ल्याउने परीक्षार्थीको संख्या शून्य रहेको छ ।

परीक्षामा सहभागी भएकामध्ये कसैले पनि ए प्लस ग्रेड ल्याउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले बताए ।

कुनै बेला शिक्षा क्षेत्रमा अब्बल मानिएको बैतडीमा पछिल्लो समयमा लगातार शैक्षिक गुणस्तर खस्कदै गएको छ । गत बर्ष पनि जिल्लामा एसईई परीक्षामा कसैले पनि ए प्लस ग्रेड ल्याउन सकेका थिएनन् ।

सुदूरपश्चिमका ९ ओटा जिल्लामा मध्ये ए प्लस ग्रेड ल्याउन नसक्ने जिल्ला बैतडी मात्रै रहेको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ । जिल्लाबाट ५ हजार ३३८ जना परीक्षामा सहभागि भएका थिए । ती मध्ये कसैले पनि ए प्लस ग्रेड ल्याउन नसकेको प्राविधिक सहायक भट्टले बताए ।

माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई छ । निरन्तर रुपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भएपनि स्थानीय तहहरुले शैक्षिक गुणस्तर सुधारका लागि कुनै पहल गर्न सकेका छैनन् ।

बैतडीबाट ३४ जनाले ए ग्रेड ल्याएका छन् भने बी प्लस ग्रेड ल्याउने परीक्षार्थीको संख्या १७२ रहेको छ । यस्तै ६४७ जनाले बी ग्रेड ल्याउँदा १ हजार ५०६ जनाले सी प्लस ग्रेड ल्याएका छन् । यस्तै १ हजार ७९८ जनाले सी ग्रेड ल्याउँदा ९८४ जनाले डी प्लस ग्रेड ल्याएका छन् । जिल्लामा ८२ जनाले डी ग्रेड ल्याएका छन् । एसईईमा ११५जना अनुपस्थित रहेका थिए ।

बैतडी बाहेकका जिल्लाबाट परीक्षार्थीहरुले ए प्लस ग्रेड ल्याएका छन् । प्रदेशमा सबैभन्दा बढी कैलालीबाट २२७ जनाले ए प्लस ग्रेड ल्याएका छन् । यस्तै डोटीबाट ७४ जनाले,कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले,दार्चुलाबाट १२ जनाले, अछामबाट ९ जनाले, बाजुराबाट ५ जना र बझाङबाट एक जनाले ए प्लस ग्रेड ल्याएका छन् ।

बैतडीमा १२९ सामुदायिक र ४ ओटा संस्थागत गरेर १३३ विद्यालयबाट परीक्षार्थीहरु एसईईमा सहभागी भएका थिए ।

सामुदायिक विद्यालयहरुमा राजनीति प्रभाव बढ्दै गएपछि शैक्षिक गुणस्तर खस्कदै गएको शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन् । शिक्षक भर्नादेखि विद्यालय व्यवस्थापन समिति चयन सम्म राजनीतिक खिचातानी हुने र यसले शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पर्दै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘शिक्षा क्षेत्रमा राजनीति हाबी हुँदा शैक्षिक गुणस्तर खस्कदै गएको छ । यसका लागि स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने हुन्छ ।’

शिक्षकहरुको तलबमा लाखौं रुपैंया खर्च गरिरहेका स्थानीय तहहरु शिक्षा क्षेत्रको अनुगमन, निरीक्षणमा भने चुकेका छन् । सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजा लगातार आरोलो लाग्दा समेत तहहरुले यो बिषयमा ध्यान दिन सकेका छैनन् ।

प्रत्येक बर्ष एसईईको नतिजा खस्कदै गएकाले शैक्षिक गुणस्तर सुधारका लागि जिल्लाका १० ओटै स्थानीय तहहरुले सामूहिक रुपमा रणनीति बनाउनुपर्नेमा अवस्थीले जोड दिए । उनले भने ‘अहिले माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ । विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारहरुको ध्यान जानु आवश्यक छ ।’

स्थानीय सरकारहरुले विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदा सम्म समस्या समाधान नहुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । सगुन खबर बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व