सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी स्थानमा भारी वर्षासँगै हावाहुरीको सम्भावना, होसियारी आवश्यक (तीन दिनको पूर्वानुमान)

यी स्थानमा भारी वर्षासँगै हावाहुरीको सम्भावना, होसियारी आवश्यक (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

World Link Ads
Sana Kishan

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

मकालु खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close