सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीर्ण बन्दै गर्भा दरबार

प्रकाश भट्ट, कञ्चनपुर – कैलाली जिल्लाको चुरे गाउँपालिका ०४ खैरालामा स्थित गर्भा दरबार जीर्ण बन्दै गइरहेको छ। विसं १९८४ मा खड्क शमशेर जङ्गबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गइरहेको साइकलयात्री भरत विक्रम शाहले बताएका छन्।

एक सय वर्ष पुरानो दरबार कुनै पनि तहबाट पहल नभएका कारण जीर्ण बन्दै गइरहेको साइकलयात्री शाह बताउँछन्।

Mahakali Polytechnic

World Link Ads

राणाकालीन पुरातात्त्विक दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिन नसकेका साइकलयात्री शाहको गुनासो रहेको छ।

Sana Kishan

लामो समयदेखि साइकलयात्रा गरी सुदूरपश्चिमका मनमोहक पर्यटक स्थलहरूको फोटो भिडियो पोस्ट गरी पर्यटनको क्षेत्र पहिचान तथा जगेर्ना गर्न खटिएका शाहले यस्ता एतिहासिक धरोहरहरुको जगेर्ना गर्नुपर्ने बताएका छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.