सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साइकलयात्री शाहद्वारा सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

प्रकाश भट्ट, कञ्चनपुर – कैलालीको गोदावरी नगरपालिका ८ का साइकलयात्री भरत विक्रम शाह (फारवेस्टर्न राइडर) ले सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन्।

कैलालीकै गोदावरी नगरपालिका वडा नं.२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शाहले आफ्नो युट्युबको पहिलो कमाई बाट शैक्षिक सामग्री वितरण गरेका हुन्।

Mahakali Polytechnic

सुप समावेशी आधारभूत विद्यालय सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरूका लागि पढाई हुने विद्यालय हो ।

World Link Ads

Sana Kishan

साइकलयात्रा गरी सुदूरपश्चिमका मनमोहक पर्यटक स्थलहरूको फोटो भिडियो पोस्ट गरी लामो समयदेखि पर्यटनको क्षेत्र पहिचान तथा जगेर्ना गर्न खटिएका शाह समाज सेवामा पनि निकै सक्रिय रहेका पाइन्छन्।

आफूले सकेको सहयोग गर्न पाउँदा खुसी महसुस भएको साइकलयात्री शाहले बताउनुभयो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.