सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा जात्राबाट घर फर्किने बेला भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु

दार्चुलामा बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातिनी २ वर्षीया सोनिया धामी रहेका छन् ।

उनीहरुको भिरबाट लडेर ज्यान गएको हो । शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.