सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा चट्याङ लागेर आमा छोरा घाइते

बैतडीमा चट्याङ लागेर दुई भैंसि मरेका छन् भने आमा छोरा घाइते भएका छन् । आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका ६ रौलका गणेश साउँदकी ३५ वर्षीया श्रीमती पार्वती साउँद र ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन् ।

Sana Kishan

यस्तै चट्याङ लागेर दुई भैँसी पनि मरेका र घरमा समेत क्षति पुगेको साउदले जानकारी दिए । चट्याङ लागेर घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको साउँदले बताए ।

यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले पनि चट्याङ लागेर आमा छोरा बेहोस भएका र दुई भैँसि मरेको खबर प्राप्त भएको बताएका छन् । ‘चट्याङ लागेर दुई भैंसि मरेका छन् , आमा छोरा बेहोस भएका हुन् होसमा आइहाले त्यस्तो समस्या छैन,’ उनले भने । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.