सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

झुलाघाट नाकाबाट ‘बिसु’का लागि घर फर्कनेको लर्को

Far weast coaching ad
98
Sana Kishan

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट नयाँ बर्ष अर्थात ‘बिसु’का लागि घर फर्कनेको लर्को लागेको छ । रोजगारी र अन्य कामको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमका नागरिक झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका सीमा प्रहरी चौकी झुलाघाटले जानकारी दिएको छ ।

सुदूरपश्चिममा नयाँ बर्षलाई ‘बिसु’पर्वको रुपमा मनाउने गरिएको छ । बिसुका लागि घर बाहिर रहेकाहरु पनि घर आउने चलन रही आएको छ । रोजगारीका लागि भारत गएकाहरु बिसुका लागि फर्कने क्रम जारी रहेको बताइएको छ ।

Arus

झुलाघाट नाकाबाट दैनिक दुई सय बढी नागरिक स्वदेश फर्किरहेका सीमा प्रहरी चौकीले जनाएको छ । बैतडी,दार्चुला, डडेल्धुरा, बझाङ लगायत जिल्लाका नागरिक स्वदेश फर्किरहेका हुन् ।

बर्षको शुरुको दिनलाई बिसु पर्वको रुपमा मनाइने भएकाले आफूहरु स्वदेश फर्केको बझाङका बीरबहादुर बोहराले बताए । उनले भने ‘बिसुलाई ठूलो पर्वको रुपमा लिने गरिएको छ । बिसुका लागि घरपरिवार एकै ठाउँमा बसेर मनाउने चलन रहेकाले हामी घर फर्केका हौं ।’

Karnali Traders

बिसुका लागि घर बाहिर रहेकाहरु पनि गाउँमा फर्केकाले गाउँमा रमाइलो वातावरण सिर्जना भएको स्थानीयहरुले बताएका छन् । बिसुका लागि युवाहरु समेत गाउँ फर्कन थालेका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा बिसुलाई मुख्य चाडको रुपमा मनाउने चलन रहेकाले घर बाहिर रहेकाहरु फर्कने गरेका जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले जानकारी दिए । उनले भने ‘बिसु बिग्र्योे भने बर्ष बिग्रिन्छ भन्ने भनाइ रहेको छ । त्यसैले पनि बिसुका लागि मानिसहरु बाहिर भएपनि घर पुग्ने गरेका छन् ।’

यसरी मनाइन्छ बिसु पर्व

बर्षको शुरुको दिनलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा बिसु पर्वको रुपमा मनाउने गरिन्छ । बिसुको दिन मिठो मसिनो पकाएर खाने चलन रही आएको छ । बिसु बिग्र्यो भने बर्ष नै बिग्रिन्छ भन्ने मान्यता अनुसार बिसुको पर्वको दिन घरका सबै सदस्यहरु एकै ठाउँमा बसेर मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘बिसु पर्व मानसखण्ड क्षेत्रको महत्वपूर्ण पर्व हो । यो दिन मिठो मसिनो खाने, आफन्तहरुसंग भेटघाट गर्ने चलन रही आएको छ ।’

बिसुको दिन विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने चलन समेत रही आएको छ । बर्षको पहिलो दिन ‘बिसु’जातको रुपमा देवीदेवताका मन्दिरहरुमा जात्रा लाग्ने गरेको सुर्नया ६ का स्थानीय गणेशदत्त अवस्थीले बताए । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.