सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जिपको ठक्करबाट एक वृद्धाको मृत्यु

बैतडीमा जिपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथको जिपको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

Sana Kishan

सु प प्र ०१००१ ज १२९४ नम्बरको जिपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका वेला अपराह्न ४ बजे ठक्कर दिएको हो । जिपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप चालक डिलाशैनी गाउँपालिका–१ रोशन राना र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रवक्ता खत्रीले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.