सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको खोड्पेमा एम्बुलेन्स सेवा शुरु

बैतडीको खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु भएको छ । बैतडी,बझाङ र डडेल्धुरा जोड्ने जिल्लाको मुख्य नाका खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरिएको हो ।

सिद्धेश्वर स्वास्थ्यचौकीले सञ्चालन गर्ने गरेर खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।

खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि जिल्लाको पाटन नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई फाइदा पुग्ने वडा अध्यक्ष बिष्टले बताए । उनले भने ‘खोड्पे बजार तीन जिल्ला जोड्ने मुख्य बजार हो । आकस्मिक बिरामीहरुलाई अस्पताल सम्म पुर्याउनका लागि एम्बुलेन्स नहुँदा समस्या भइरहेको थियो । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि अब सहज हुनेछ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पाटन नगरपालिकाले हालै नयाँ एम्बुलेन्स खरीद गरेपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गर्दै आएको एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो । सिद्धेश्वर स्वास्थ्यचौकीमा अब नियमित चौबिसै घण्टा एम्बुलेन्स सेवा सञ्चालन हुने सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले बताए ।

Dirghayu Ads

एम्बुलेन्सको जिल्ला दररेट अनुसार दररेट कायम गरिने वडा अध्यक्ष बिष्टले बताए । समस्यामा परेका, अति विपन्न नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरुलाई सहज तरीकाले एम्बुलेन्स सेवा उपलब्ध गराउने बिषयमा छलफल भइरहेको वडा अध्यक्ष बिष्टले बताए ।

दशरथचन्द राजमार्ग, जयपृथ्वीराज र भीमदत्त राजमार्ग जोड्ने मुख्य बजारको रुपमा रहेको खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि सबैलाई सहज भएको स्थानीयहरुले बताएका छन् ।

यो संगै पाटन नगरपालिकाभित्र अब दुईओटा एम्बुलेन्स सञ्चालन भएका छन् । नगरपालिकाले हालै खरीद गरेको नयाँ एम्बुलेन्स पाटन प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गरिरहेको छ भने सिद्धेश्वर स्वास्थ्यचौकीले पुरानो एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.