सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जिप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो (नामसहित)

बैतडीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २ बालकसहित १४ जना घाइते भएका छन् । देहीमाण्डौं –गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भीटा भन्ने स्थानमा भएको जिप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो ।

गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

Sana Kishan

घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ६ रोडीका ६९ बर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर गाउँपालिका ५ मस्नेटाका ३३ बर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ बर्षीय गोकुलदत्त भट्ट, ३३ बर्षीय रामप्रसाद भट्ट,६२ बर्षीया जसुदेवी भट्ट, ४ बर्षीय मोहित भट्ट,३५ बर्षीया मीना भट्ट, ३३ बर्षीय राजेन्द्र भट्ट,२८ बर्षीया तुलसी भट्ट,२३ बर्षीया कुन्ती भट्ट,३४बर्षीय केशव भट्ट, ५५ बर्षीया ललिता भट्ट र ३ बर्षीय रोशन भट्ट रहेका छन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तै पञ्चेश्वर गाउँपालिका ६ सेलीका २२ बर्षीय चालक राकेश कोली पनि घाइते भएका छन् । घाइते मध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Dirghayu Ads

जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । ब्रेक फेल भइ जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.