
बैतडीमा जिप दुर्घटनामा हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । पञ्चेश्वर गाउापालिका ५ को तिलकपुर स्थित भिटा भन्ने स्थानमा गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नम्बर को जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको हो ।
जिप सवार १२ जना रहेको र ११ जना घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले बताए । प्रहरीका अनुसार घाइतेहरुको उद्धार कार्य चलिरहेको छ ।


प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुखसहितको टोली घटनास्थलतर्फ गइरहेको छ ।
घटनाको थप विवरण आउन बाँकी छ । गोदावरी न्युज बाट सभार
