सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको अपिहिमालमा असिनाले बालीनाली सखाप

बर्षासंगै परेको असिनाले दार्चुलाको अपिहिमालमा बालीनाली सखाप पारेको छ । शुक्रबार परेको असिनाले अपिहिमाल गाउँपालिकामा बालीनाली सखाप पारेको स्थानीय उर्मिला बोहराले बताइन् ।

हिउँदे बर्षा नभएका कारण खासै सप्रन नसकेको बालीमा असिनाले क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । असिनाले गहुँ, जौं लगायतका बाली नष्ट गरेको बोहराले बताइन् । यस्तै तरकारी बाली र फलफूलका बोटहरुमा समेत असिनाले क्षति पुर्याएको छ ।

असिनापानीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको खबर प्राप्त भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.