सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको डिलाशैनीमा चैत २४ र २५ गते विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडीको धामी गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यहि चैत २४ र २५ गते जिल्लाको डिलाशैनी गाउँपालिका ७ मा रहेको डिलाशैनी स्वास्थ्यचौकी धामीगाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

Sana Kishan

जिल्ला अस्पताल बैतडीको आयोजनामा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम अन्तरर्गत डिलाशैनी स्वास्थ्यचौकी धामीगाउँमा विशेषज्ञ सेवा सहितको शिविर सञ्चालन हुन लागेको हो । शिविरमा हाडजोर्नि तथा नसा रोग, बाल रोग, सामान्य चिकित्सा, दाँत तथा मुख रोग सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिने बताइएको छ । यस्तै एमडीजिपी,इसीजी,अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवाका साथै निःशुल्क औषधि तथा परामर्श दिइने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

जिल्ला अस्पताल बैतडीले टाढा रहेका नागरिकलाई लक्षित गरेर ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकी र सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको थियो । दुर्गम क्षेत्रका नागरिकलाई बिशेषज्ञ सेवा दिने उद्देश्यले गाउँघरमै शिविर सञ्चालन गर्दा ग्रामीण क्षेत्रका नागरिकलाई सहज भएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.