सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न

बैतडीको देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित जात्रा सम्पन्न भएको छ । आज चैते दशैँमा लागेको जात्रा सम्पन्न भएको हो । हिजो देखि सुरु भएको जात्रा चैतेदशैंका दिन आज राँगा र बोकाको बलिसहित समापन भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।

Sana Kishan

जात्रामा २सय ५० राँगा र ५ सय बोकाको बलि दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए । मन्दिरमा चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको थियो । निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा हुने गरेको छ । सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन रही आएको हो ।

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको बताइएको छ । दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ । यस्तै गरेर अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् । निङ्गलाशैनी भगवती माताको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन्। सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.