सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा एसईई परीक्षाको तयारी पूरा

बैतडीमा माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको छ । पर्सि १७ गते शुक्रबारबाट हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । पर्सिबाट सञ्चालन हुने एसईई परीक्षाको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रशाद अवस्थीले जानकारी दिए ।

केन्द्राध्यक्ष नियुक्त गेरर प्रशनपत्र र उत्तरपुस्तिका सहित केन्द्रमा पठाइसकेको उनले बताए । सबै केन्द्रमा प्रशनपत्र उत्तरपुस्तिका पुगिसकेका शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर राज शर्माले बताए । बैतडीबाट यस वर्ष एसईई परीक्षामा २६ सय ६२ छात्र र २६८९ छात्रा गरि पाँच हजार तीन सय ५१ जना सहभागि हुँदै छन् ।

Sana Kishan

नियमित तर्फका ४ हजार ९८९, ग्रेड वृद्धि तर्फका १४४ र प्राविधिक धार तर्फका २१८ जना परीक्षार्थीहरु गरि पाँच हजार तीन सय ५१ जना परीक्षामा सहभागि हुन लागेका हुन् । एसईई परीक्षा सञ्चालनका लागि २५ ओटा केन्द्र तोकिएका छन् । गत विगतमा ग्रेड वृद्धि र प्राविधिक धारका परीक्षार्थीका लागि अलगै केन्द्र तोकिने गरेको थियो । अन्य बर्ष ग्रेड वृद्धि र प्राविधिक धारका लागि अलग केन्द्र राखिने गरेको भएपनि यो बर्ष त्यो केन्द्र हटाइएको छ ।

World Link Ads
Mahakali Polytechnic

यो वर्ष ग्रेड वृद्धि र प्राविधिकधारका परीक्षार्थीहरुले पनि सम्बन्धित विद्यालयको केन्द्र मार्फत नै परीक्षा दिन पाउने भएका छन् । एसइई परीक्षालाई निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण बातावरणमा सम्पन्न गर्नमा सहयोग पुर्याउन शिक्षा विकास तथा समन्वय इकाई बैतडीले सबैमा आग्रह पनि गरेको छ । १७ गते पहिलो दिन अङग्रेजी विषयको परीक्षा छ । विहान ८ बजेबाट परीक्षा सञ्चालन हुने बताइएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.