सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्छन् ।

 

रोजा बस्न उर्दू क्यालेण्डरअनुसार बिहान ४ बजेदेखि बेलुका ६ बजेर २० मिनेटजाँदासम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

 

Sana Kishan

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

 

World Link Ads
Mahakali Polytechnic

रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज बेलुका आकाशतिर चन्द्रमा हेर्ने चलन छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.