सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चैते दशैं शुरु, बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुँइचो

यो बर्षको चैतेदशैं आजदेखि शुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि चैत नवरात्र शुरु भएको हो । चैते नवरात्रको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा शुरु भएको छ ।

चैते नवरात्र आजदेखि शुरु भएको र विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा शुरु भएको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए ।

Sana Kishan

चैते नवरात्र शुरु भएसंगै बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, पोटलासैनी लगायतका भगवतीका मन्दिरमा पूजाआजा शुरु भएको छ । चैते दशैंको दिन निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहित जात्रा हुने गरेको पूजारी भट्टले बताए ।

World Link Ads
Mahakali Polytechnic

यस्तै सिगास, महारुद्र, शिवनाथ, बासुलिङ्ग, उदयदेव, जगन्नाथ,दोगडाकेदार,भूमीराज लगायतका मन्दिरहरुमा पनि चैते नवरात्रमा पूजाआजा सहित जात्रा हुने गरेको स्थानीयहरुले बताएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.