सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १२ लाख बढी जरीवाना असुल

बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट १२ लाख बढी जरीवाना असुल गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म २ हजार २६८ सवारी कारवाहीमा परेका र त्यसबाट १२ लाख १७ हजार ५ सय जरीवाना असुल भएको छ ।

चालु आर्थिक बर्षको साउनदेखि फागुन मसान्तसम्म सबैभन्दा बढी जिप कारवाहीमा परेका छन् । ११२५ जिप कारवाहीमा परेका र त्यसबाट ६ लाख २५ हजार जरीवाना असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले बताए ।

Sana Kishan

यस्तै सोही अवधिमा ५६१ ओटा मोटरसाइकल कारवाहीमा परेका र ३ लाख १५ हजार जरीवाना असुल भएको छ । यस्तै २ सय ४ ट्रक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् भने १ लाख ६५ हजार ५ सय जरीवाना असुल गरिएको छ । यस्तै १ सय ६८ ओटा ट्याक्टर कारवाहीमा परेका र ९४ हजार जरीवाना असुल भएको ट्राफिक प्रहरी प्रमुख नाथले बताए ।

World Link Ads
Mahakali Polytechnic

यस्तै चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ५९ बस कारवाहीमा पर्दा ३२ हजार जरीवाना असुल भएको छ भने अन्य १४८ सवारी साधनबाट ८१ हजार जरीवाना असुल भएको छ ।

Dirghayu Ads

क्षमता भन्दा बढी यात्रु बोक्ने, बिना हेलमेट मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी साधन हाँक्ने लगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका नाथले बताए । ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट जरीवाना असुल गर्नुका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा सम्झाईबुझाई गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.